गजल · I
घर छोड्ने रहर
तिम्रो व्यवहारमा ठूलो बदलाव आएको छ ।
थाहा छैन, कसले तिमीलाई के सुनाएको छ ।
थाहा छैन, कसले तिमीलाई के सुनाएको छ ।
हिजो घर छोड्नुलाई रहर बनाएको मनले,
आज घर फर्किनुलाई सपना बनाएको छ ।
आज घर फर्किनुलाई सपना बनाएको छ ।
मान्छे एकछिनको न्यानोलाई कतिसम्म गिर्ने ?
उसले आगो ताप्नुलाई मेरो घर जलाएको छ ।
उसले आगो ताप्नुलाई मेरो घर जलाएको छ ।
यो मुटु उनलाई बस्न साँघुरो भयो भन्छिनु,
खै, यही मुटुमा मेरो पूरा देश अटाएको छ ।
खै, यही मुटुमा मेरो पूरा देश अटाएको छ ।
❀
